काठमाडौं । कुलमान घिसिङले आफ्नो अस्तित्व मासेर पार्टी एक हुने कुरामा सहमत हुन नसकिएको बताएका छन् । उज्यालो पार्टीका संरक्षकसमेत रहेका भौतिक पूर्वाधारमन्त्री घिसिङले रवि र बालेनसँगको एकतासँगै उभिन नसकेको बताएका हुन् ।
पोखरामा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टीको दल र उसकै चुनाव चिह्नलाई मानेर जाँदा आफ्नो पार्टीको अस्तित्व नहुने तर्क गरेका हुन् ।
उनले बिजुलीको चिम चुनाव चिह्न राखेर उज्यालो पार्टी नेपाल नामक दल खोल्न लगाइसकेका छन् ।







प्रतिक्रिया