१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


मनोरञ्जन क्षेत्रबाट रवि–बालेन सहमतिप्रति समर्थन र शुभकामना



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच भएको ७ बुँदे सहमतिप्रति मनोरञ्जन क्षेत्रका कलाकार र क्रिएटरहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। फिल्म, संगीत, टेलिभिजन र डिजिटल कन्टेन्ट क्षेत्रका विभिन्न हस्तीहरूले यो सहमतिको स्वागत गर्दै शुभकामना दिएका छन् भने केहीले यसको भविष्य र वैचारिक पक्षमा प्रश्न पनि उठाएका छन्।

सहमति जुटाउन सुरुदेखि नै कलाकार सक्रिय रहेको देखिन्छ। बालेन निकट कुमार ब्यञ्जनकार चलचित्र र संगीत क्षेत्रका मिडिया संयोजक हुन् भने फिल्म निर्माता पनि हुन्। रास्वपा नेता असिम शाह फिल्म निर्माता तथा निर्देशक हुन् भने उनका दाई आसिफ शाह गायक, निर्माता तथा अभिनेता हुन्। चर्चित निर्माता–निर्देशक निश्चल बस्नेत पनि यस पृष्ठभूमिमा सक्रिय छन्।

कयौँ कलाकारहरूले सहमतिको स्वागत गर्दै देश र जनताको हितमा यसको सकारात्मक कार्यान्वयनको आशा व्यक्त गरेका छन्।

केही प्रतिक्रिया यसप्रकार छन्:

दीपकराज गिरी (अभिनेता/निर्माता): “देशले फेरी अर्को विकल्प खोज्नु नपरोस, सबै साथीहरूलाई शुभकामना।”

निर्मल शर्मा (अभिनेता/निर्माता): “अब देश समृद्धितर्फ अघि बढ्छ भन्नेमा आशावादी छु।”

रमेश उप्रेती (अभिनेता): “यो सम्झौता निस्वार्थ देश र जनताको हितमा समर्पित होस्।”

स्वस्तिमा खड्का (अभिनेत्री): “म नेपाल हाँसेको हेर्न चाहन्छु।”

प्रियंका कार्की (अभिनेत्री): “आशा।”

नाजिर हुसेन (अभिनेता): “म नेपाल हाँसेको हेर्न चाहन्छु।”

रविन्द्रसिंह बानियाँ (निर्माता/अभिनेता): “१ र १ मिलेर २ होइन, ११ बनोस्।”

मनिषा कोइराला (अभिनेत्री): “विकल्प अनुहारमा होइन, दृष्टि र मूल्यमा हो।”

एलिना चौहान (गायिका): “अब के होला, जे होला राम्रो होला।”

दीपक शर्मा (संगीतकार): “साँच्चिकै देश राम्रो भएको हेर्न चाहनेहरूका लागि यो समायोजन सुखद छ।”

जयकिसन बस्नेत (कलाकार): “रवि लामिछानेले मन जित्यो, बालेन शाहले त जिति नै रहेका थिए।”

केकी अधिकारी (अभिनेत्री): “यो एकता सदैव नेपाल र नेपालीको हितका लागि अगाडि बढोस्। हार्दिक शुभकामना।”

युवराज चौलागाईं (गायक): “देश र जनताले खोजेको परिवर्तन आउने छ भन्ने आशा।”

कमलमणी नेपाल (अभिनेता): “यो यात्राले देशलाई सुशासनको बाटोमा डोर्‍याओस्।”

शिव परियार (गायक): “देश अब हामीले मिलेर बनाउनु पर्छ, युवाहरु फुटेको भन्दा जुटेकै राम्रो।”

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ४ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।