२० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौँ महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेद्वारा राजीनामा



काठमाडौँ
काठमाडौँ महागनरपालिकाका प्रहरी प्रमुख, महानगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् ।

पाण्डेले आज पत्रकार सम्मेलन गरेर माघ ४ गतेदेखि लागू हुनेगरी राजीनामा दिएको जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा महानगर प्रहरी प्रमुख पाण्डेले आफ्नो साढे तीनवर्षे कार्यअवधिमा महानगरमा सहरी सुशासन कायम गर्न तथा अतिक्रमिक जग्गा सरकारको स्वामित्वमा लिन महत्त्वपूर्ण उपलब्धि प्राप्त गरेको दाबी गरे ।

उनले काठमाडौँका सडकपेटी तथा अतिक्रमित सयौँ बिघा जग्गा सरकारको नाममा ल्याइएको बताएका छन् ।
उनले आसन्न फागुन २१ गतेबाट हुने प्रतिनिधि सभाको उम्मेदवारी दिने चर्चा छ ।

प्रकाशित मिति : ४ माघ २०८२, शनिबार  १ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।