ललितपुर
पत्रकारितामार्फत नेपाली रजनीतिलाई नजिकबाट हेरिरहेका दक्षिण ललितपुरका पत्रकार सुरेन्द्र बजगाईले पनि छोडे काठमाडौं महानगर छोडेका छन् ।
लतिलपुर क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारीको चर्चाबीच मेयर बालेन र नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेसँगै बजगाई पनि नहानगरबाट बाहिरिएका हुन् ।
बजगाई मेयर बालेनको दाहिने हातका रुपमा परिचय बनाउदै प्रचार सल्लाहकारको रुपका कार्यरत थिए ।
बालेन शाहले महानगरपालिकाबाट राजिनामा दिएर रास्वपा प्रवेश गरेसँगै बजगाई पनि वालेन समुहबाट अघि बढ्दै छन् ।
रास्वपा स्रोतका अनुसार बजगाईंको नाम पार्टीको समानुपातिक बन्द सूचीमा समेत प्रस्ताव गरिएको थियो । साथै, बालेन सचिवालय र जेनजी समूहबाट समेत उनको नाम समानुपातिकमा अगाडि सारिएको थियो ।
समानुपातिकमा नाम नराखेर उनलाई ललितपुर–१ बाट प्रत्यक्षतर्फ उठाउने तयारी रहेको बुझिएको छ । ललितपुर १ मा प्रत्यक्ष उम्मेदवारको खोजी हुँदा बालेन निकट सुरेन्द्र नै उपयुक्त व्यक्ति रहेको चर्चापछि उनको नाम समानुपातिक सूचीबाट फिर्ता गरिएको रास्वपाका एक नेताले बताए ।
दक्षिण ललितपुरको महाकाल ४का स्थायी बासिन्दा बजगाई दक्षिण ललितपुर, काँठ क्षेत्रको भुराजनीति बुझेका व्यक्ति हुन् ।
को हुन् सुरेन्द्र ?
दक्षिण ललितपुरको महांकाल गाउँपालिका ४, कालेश्वरका स्थायी बासिन्दा समेत रहेका बजगाईं काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह ’बालेन’को सल्लाहकारसँगै महानगरको सहरी योजना आयोगमा शिक्षा, स्वास्थ्य, सामाजिक, वातावरण तथा विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत थिए ।
पत्रकारितामार्फत राज्य संयन्त्र, राजनीति र प्रशासनको नजिकबाट अध्ययन गर्ने अवसर पाएका बजगाईं पछिल्लो समय संस्थागत सञ्चार र सार्वजनिक सूचनामा केन्द्रित छन् ।
ग्रामीण विकास विषयमा स्नातक अध्ययन गरेका बजगाईं त्रिभुवन विश्वविद्यालय अन्तर्गत समाजशास्त्रमा स्नातकोत्तर गर्दै छन् । सामाजिक न्याय, पारदर्शी शासन, जवाफदेही राजनीति र नागरिक सहभागिता उनको मुख्य चासोका क्षेत्र भएको उनी बताउँछन् ।
उनी यसअघि उज्ज्वल थापाले स्थापना गरेको विवेकशील नेपाली दलमा आबद्ध थिए । यसका अलावा उनी सामाजिक अभियानमा समेत सक्रिय थिए । सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि बजगाईंले २०७२ सालको नाकाबन्दीको समयमा काठमाडौं–वीरगन्ज–जनकपुर पैदल यात्रा गरेका थिए । हुलाकी राजमार्ग मार्फत भएको उक्त यात्रामा बजगाईंले नाकाबन्दीको स्थानीय कारण र समस्याको बारेमा स्थानीयहरूको आवाज उठाउँदै हिँडेका थिए । यस्तै टिकापुरमा भएको घटना पछि काठमाडौं– लुम्बिनी–टिकापुर साइकल यात्रा गरेका थिए । यी दुवै यात्रामा बजगाईंले स्थानीय मानिसको आवाज सुन्दै त्यसलाई राष्ट्रिय बहसमा ल्याउने प्रयत्न गरेका थिए ।
उनले द आर्ट अफ लिभिङ मार्फत ललितपुरका विभिन्न गाउँ–गाउँमा पुगेर राहत सामग्री वितरण गरेका थिए। त्यसैगरी, कालेश्वरस्थित बाघभैरव प्राविधिक विद्यालयमा न्यानो कपडा वितरण गर्नुका साथै, गत वर्ष आएको बाढी–पहिरोका कारण प्रभावित महाङ्काल गाउँपालिकामा राहत सामग्री वितरण गरेका थिए। साथै, खानेपानीको समस्या भएका वडाहरूमा खानेपानीका विभिन्न संघ संस्थाको सहयोगमा पाइपसमेत वितरण गरेका थिए। उनी आफ्नो क्षेत्रमा मात्रै नभएर देशको जुनसुक्कै स्थानमा परेको विपत्ति समयमा राहत र उद्दारको लागि खटिने गरेका छन् ।








प्रतिक्रिया