चापागाँउ
ललितपुरको कठीन भूगोल र विकासमा पछि परेको क्षेत्र नं. १ बाट एमालेका नेता चेतनाथ सञ्जेलले बाजी मार्दै उम्मेदवार बने । मंगलबार बज्रवाराहीमा जुलुससहित पुगेर उम्मेदवारी दिए लगत्तै प्रचारमा होमिएका छन् । सञ्जेल विहानैदेखि भेटघाटमा व्यस्त छन् ।
उम्मेदवार सञ्जेल पछिल्लो पुस्ताको लोकप्रिय रहेको सामाजिक सञ्चालमा उत्तिकै अभ्यस्त देखिन्छन् ।
सामाजिक सञ्जालमा एकाविहानै लेख्दै उनले अमूल्य मत दिन आग्रह गरेका छन् । उनलाई नगरपालिकाका १२ वटा वडा, दक्षिण ललितपुरका तीन गाउँपालिकाहरू बागमती, महाङ्काल र कोन्ज्योसोमका गरी ३० वडाका मतदातामा माझ मत माग्न ४३ दिनभित्र पुग्नु पर्नेछ ।
एनले भनेका छन्, ‘हिजोका दिनमा कुन दलले के कस्तो गर्यो ? के के अप्ठ्यारा परे ? भन्ने बारेमा एक अर्कामा वैमनस्यता र नकारात्मक कुरा भन्दा हाम्रा प्रयास र पहलकदमीलाई निरन्तर रुपमा हिजोको जस्तै अझै उत्कृष्टता हासिल गर्न लागौँ ।’








प्रतिक्रिया