१४ माघ २०८२, मंगलबार | Tue Jan 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


निर्वाचनको मुखमा चलचित्रको व्यापार : निर्मातालाई डर अनि प्रर्दशन स्थगित



 

ललितपुर

फागुन २१ गते देशभर निर्वाचन हुँदैछ । उम्मेदवारी दर्तासँगै जहाँत्यही नेताहरुकै चर्चा छ । निर्वाचनको माहोलसँगै चलचित्रका निर्मातामा एक किसिमको डर छ ।

गतआइतबार राजधानीमा चलचित्र रमिताको पिरतीकी कार्यकारी निर्माता तथा अभिनेत्री आना शर्मा निर्वाचनको वातावरण बन्छ भनेर आफूहरुले पहिल्यै भेउ नपाएको बताइन् । भनिन्, अहिले चलचित्रको नयाँ मिती सार्वजनिक गर्ने अवस्था पनि छैन ।

उता चलचित्र ’कल्ली’ले निर्वाचनको पुर्वसन्ध्यामा चलचित्र प्रर्दशन गर्नु उपर्युक्त नहुने भन्दै फागुन १ गतेको घोषणा मिती स्थगित गरेको छ । निर्माण पक्षले विज्ञप्ती प्रकाशन गर्दे प्रर्दशन स्थगिको जानकारी दिदै भनेको छ– ’पहिले देश, अनि मात्र कला र मनोरञ्जन’ ।

पछिल्लो समय चलचित्रको व्यापार उत्साहजनक छैन । चलचित्र परान प्रर्दशन भएपछि थुप्रै चलचित्र हलमा प्रर्दशन लगानी उठाउने हालतमा छैनन् । कतिपय चलचित्रले प्रचारमा प्रयोग भएको गाडीको भाडा उठाउने समेत हैसियत देखाएका छैनन् ।
माघ महिनाका लागि ९ वटा नयाँ चलचित्रहरु प्रर्दशन हुदैछन् ।

माघ १ गतेबाट चलचित्र ‘मिरमिरे’, ‘गोबर गणेश’ र ‘भाइरल गोर्खे’ प्रर्दशन भए भने माघ ९ गतेबाट दुई चलचित्रहरु ‘परिवर्तन’ र ‘विगुल’ प्रर्दशन भइरहेका छन् ।
आउदो शुक्रबार माघ १५ गतेबाट चलचित्र ‘आबाट आमा’ र ‘व्लु लाइट’ प्रर्दशनको पर्खाइमा छ । यो महिनाको अन्तिम साता चलचित्र र कुमारी र रमिताको पिरती प्रर्दशनको मिती कुरिरहेका छन् ।
चलचित्र गोवर गणेशले ९ दिनको व्यापार १ करोड १० लाख व्यापार भएको तथ्याङ दाबी गरे पनि अन्य चलचित्रले व्यापार आँकडा सार्वजनिक गरेका छैनन् । श्रोतहरुका अनुसार अन्य चलचित्रको व्यापार उत्साहजनक छैन ।

प्रकाशित मिति : १४ माघ २०८२, मंगलबार  ८ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।