२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ’कुमारी’को देशभरका हलहरुमा सुखद व्यापार



काठमाडौं
नेपाली प्रेम कथानक चलचित्र ’कुमारी’ आजबाट देशभरका सिनेमा हलहरूमा प्रदर्शन सुरु भएको छ । निर्माण पक्षले देशभरका हलहरूबाट प्राप्त जानकारीहरु उदृत गर्दै
दर्शकहरुको उत्साहजनक साथ पाएको बताएको छ । दर्शकबाट एकदमै सकारात्मक प्रतिक्रिया प्राप्त गरेको र दर्शकहरूले नयाँ कलाकारहरूको काम र निर्देशकको प्रस्तुतिको प्रशंसा गरेका छन्।
चलचित्र निर्देशक दिनेश राउतले यस चलचित्रको निर्देशन गरेका हुन्। यस चलचित्रमा अविषेक खड्का र आकृति राजभण्डारीले मुख्य भूमिकामा डेब्यु गरेका छन्। उनीहरूसँगै पर्दामा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

महेन्द्र अधिकारीले निर्माण गरेको यस चलचित्रका कार्यकारी निर्माता केदार भुसाल हुन्। चलचित्रको प्राविधिक पक्ष पनि बलियो रहेको दाबी गरिएको छ। विकास सुवेदीको लेखन रहेको ’कुमारी’ मा सुसन प्रजापतिको छायाङ्कन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ। रोयल भीमसेनले पोस्टर तथा पब्लिसिटी डिजाइन गरेको यो चलचित्रले मौलिक कथा वाचनमार्फत दर्शकको मन जित्ने निर्माण पक्षको विश्वास छ।

प्रकाशित मिति : २४ माघ २०८२, शुक्रबार  ७ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।