२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


‘कुमारी’को स्वतन्त्र समिक्षा : छोरीहरूले हेर्नै पर्ने चलचित्र



काठमाडौं
फरक नेपाली चलचित्र निर्माण गरेर नेपाली चलचित्र क्षेत्रमा कमाउन सफल निर्देशक चर्चामा दिनेश राउत निर्देशित चलचित्र ’कुमारी’ पछिल्लो समय देशभरका चलचित्र भवनहरुमा प्रर्दशनरत छ ।
अभिनेता अभिषेक खड्का र अभिनेत्री आकृति राजभण्डारीलाई चलचित्रमा डेव्यु गराएर निर्देशक राउतले प्रेम कथानक चलचित्र निर्माण गरेका हुन् । देशभरको हलहरुमा खचाखच दर्शकले हेरिरहेको यस चलचित्रको दर्शकहरुले गरेको स्वतन्त्र समिक्षा उत्साहजनक रहेको पाइएको छ ।
चलचित्रहरुका सन्दर्भमा हल रिपोर्ठको क्रममा दर्शकहरुले मौलिक कथावस्तु र सांस्कृतिक पक्षको खुलेर तारिफ गरेको सुन्न र देख्न सकिन्छ ।
चलचित्रको विषेश गरेर महिला संवेदनशीलताको विषयवस्तुले ध्यान तनेको देखिन्छ । चलचित्रलाई समीक्षकहरूले ’धमाकेदार’ र ’लामो समयपछि आएको उत्कृष्ट नेपाली चलचित्र’को रूपमा व्याख्या गरेको पाइन्छ ।

एक समिक्षकको समीक्षामा भनिएको छ, “यो चलचित्र विशेष गरी छोरीहरूले हेर्नै पर्ने बनेको छ। केही पुरुष दर्शकहरूले कथाको गहिराइ तुरुन्तै नबुझे पनि महिला दर्शकका लागि भने यो चलचित्र अत्यन्तै मर्मस्पर्शी र अर्थपूर्ण छ।“

चलचित्रले सामाजिक संस्कार, परम्परा र संस्कृतिलाई पनि पर्दामा निकै सुन्दर र कलात्मक ढङ्गले प्रस्तुत गरेको समीक्षकहरूले मन पराएका छन्। समीक्षकहरूका अनुसार, चलचित्रको मुख्य सबल पक्ष नै यसको कथा वाचन शैली हो। यसले महिलाहरूको कुमारीत्वको महत्त्व र त्यससँग जोडिएको पारिवारिक, सामाजिक तथा मनोवैज्ञानिक पाटोलाई गहिराइमा गएर उजागर गरेको छ।

समीक्षकहरूले चलचित्रको सस्पेन्स र इमोसन दर्शकलाई अन्तिमसम्म बाँधिराख्न सफल भएको बताएका छन्। विश्लेषणमा चलचित्रको प्राविधिक पक्ष र कलाकारहरूको अभिनयको तारिफ गर्दै यसलाई ४ स्टार योग्य चलचित्र भनिएको छ। समीक्षकहरूले यसलाई केवल मनोरञ्जनको साधन मात्र नभई एउटा गम्भीर सामाजिक विमर्शको थालनी गर्ने चलचित्रको रूपमा लिएका छन्। परम्परागत ढाँचाका लभ–स्टोरीभन्दा पृथक शैली अपनाउँदै, प्रेम र समाजमा अन्तरनिहित महिला संवेदनालाई उत्कृष्ट ढंगले प्रस्तुत गरिएको समीक्षकहरूको बुझाइ छ।

चलचित्रमा अभिषेक खड्का, आकृति राजभण्डारी, मधु खड्का लगायतका कलाकारहरूको अभिनयले कथालाई जीवन्त बनाएको छ। युवा पुस्ताको रोजाइ र अपेक्षालाई सम्बोधन गर्न सफल भएकाले हलमा युवा दर्शकहरूको उल्लेख्य उपस्थिति देखिएको छ।

समग्रमा, मौलिक नेपालीपन, सशक्त अभिनय र बलियो पटकथाको खोजीमा रहेका दर्शकहरूका लागि ’कुमारी’ एउटा ’मस्ट वाच’ सिनेमा बनेको समीक्षकहरूको निष्कर्ष छ।

प्रकाशित मिति : २८ माघ २०८२, मंगलबार  ७ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।