ललितपुरक्षेत्र नं. १ बाट विजयी रास्वपा उम्मेदवार बुद्धरत्नलाई प्रतिश्पर्धी उदयशम्सेर राणा र चेतनाथ सञ्जेलले बधाई दिएका छन् ।
विजयी घोषणा भएको समाचार सुनेपछि दुबैले महर्जनलाई सामाजिक सञ्जालमा लेखेर बधाई दिएका हुन् ।
निकटम् प्रतिश्पर्धी राणाले यहाँका नागरिकहरूको सुख दुःखमा निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचनमा खटिएका नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
अर्का प्रतिश्पर्धी नेकपा एमालेका उम्मेदवार चेतनाथ सञ्जेलले सामाजिक सञ्जालमार्फत महर्जनलाई बधाई दिदै सफल कार्यकालको शुभकामना दिएका छन् । उम्मेदवार सञ्जेलले विजयी महर्जनले जनताको अपेक्षा र विश्वासअनुसार ललितपुरको विकास र समृद्धिका लागि सफलतापूर्वक काम गर्ने अपेक्षा व्यक्त गरेका छन् ।
उनले चुनावी अभियानका क्रममा दिनरात खटिने पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक र समर्थक सबैमा धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दै परिणाम आफूहरुको अनुकूल हुन नसकेको र लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुने भन्ने विश्वासका साथ त्यसलाई पूर्ण सम्मानका साथ स्वीकार गरेको बताएका छन् ।
उनले आगामी दिनहरूमा पनि जनताको हित, विकास र समृद्धिका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।








प्रतिक्रिया