ललितखबर
नेपाली चलचित्रका सुपरस्टार राजेश हमालको चलचित्र प्रवासी जीवनले ९ दिनमा १ लाख ३८ हजार ४ ८० रुपैयाँ मात्रै व्यापार गरेको छ ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्ट अनुसार गत फागुन १५ गतेबाट देशभरका चलचित्र भवनहरुमा प्रर्दशन भएको यस चलचित्रले लज्जास्पद व्यापार गरेको छ ।
रिर्पोट अनुसार पछिल्लो समय धेरै व्यापार गर्ने चलचित्रको शिर्षस्थानमा चलचित्र आबाट आमा रहेको छ । यस चलचित्रले १२ हरोड ६६ लाख व्यापार गरेको छ ।
चलचित्र कुमारीले ६५ लाख व्यापार गरेको छ भने रमिताको पिरतीको बक्स अफिस कलेक्सन ३० लाख १३ हजार रहेको छ ।
पछिल्लो समय सुपरस्टार राजेश हमालको चलचित्रले बक्स अफिसमा कमाल गर्न सकेको छ । यसअघि प्रर्दशनमा आएको चलचित्र नरसिंहाले पनि सुखद व्यापार गरेको थिएन ।
चलचित्र क्षेत्रमा सुपरस्टारको रुपमा चिनिने अभिनेता हमाल अमेरिका पुगेको खबत सो चलचित्रमा अभिनय गरेको बताएका थिए । चलचित्र प्रवासी जीवनको कष्टकर भोगाईको विषयमा निर्माण गरिएको छ ।








प्रतिक्रिया