२९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


चलचित्र “टेम्के द डेस्टिनेशन”को राजधानीमा शुभमुहूर्त



काठमाडौं
चलचित्र “टेम्के द डेस्टिनेशन”को राजधानीमा शुभमुहूर्त गरिएको छ ।
राजधानीको भद्रकाली मन्दिरमा चलचित्र विकास बोडका अध्यक्ष दिनेश डीसीले शुभमुहूर्त गरेका हुन् ।्

आर.डी.एस. नेपाल प्रस्तुत रहेको यस चलचित्रको निर्देशन देवप्रसाद धिमाल रहेको छ ।

चलचित्रमा शिव श्रेष्ठ, अर्जुन थापा, प्रितिका शर्मा, कृष्णप्रसाद धिताल, रिना गुरुङ, सरु कार्की, श्रीदेव भट्टराई, गोकुल सुवेदी, सावित्रा चिलवाल, सृजना बुढा, अभिषेक फुयाल, रविना दुलाल र विवेक खड्का लगायत कलाकारहरुको अभिनय रहनेछ ।
निर्माण पक्षका अनुसार चलचित्रको मुख्य छायाङ्कन काठमाडौं तथा भोजपुरका विभिन्न स्थानमा गरिनेछ । छायाङ्कन कार्य चैत महिनाको दोस्रो साताबाट सुरु गर्ने तयारी गरिएको छ ।

धिमाल स्वयं निर्माता पनि रहेका छन् भने सह–निर्माताको रूपमा पंकज सरदार संलग्न छन्। चलचित्रमा भोला सुवेदी (प्रणप), राजनजंग थापा र जित शेरचन कार्यकारी निर्माता रहेका छन् ।

 

आर.डी.एस. नेपाल प्रस्तुत रहेको यस चलचित्रको निर्देशन देवप्रसाद धिमाल रहेको छ ।
चलचित्रको सह–निर्देशकका रूपमा विजयराज भुर्तेल अनुबन्धित भएका छन् भने द्वन्द निर्देशन राजु किरात ले गर्ने भएका छन् । छायाङ्कनको जिम्मेवारी नरेश ऐयर ले सम्हाल्ने निर्माण पक्षले जनाएको छ ।

कार्यक्रममा चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का ,गितकार ,शंकर अधिकारी “ घायल“ लगायत चलचित्र कर्मीहरुको उपस्थित रहेको थियोे ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ९ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।