२० असार २०८३, शनिबार | Sat Jul 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


भक्तपुरको गुण्डुमा गीत ‘झम्के फुली’ को छायांकन



भक्तपुरको गुण्डुमा चलचित्र ‘हामी तीन भाइ’ को गीत ‘झम्के फुली’ को छायांकन भइरहेको छ ।
चलचित्र यही चैत्र १३ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउने तयारीमा छ ।
निर्देशक मधुसुधन भट्टराईको निर्देशनमा चलचित्रमा विनोद न्यौपाने, कुशल बिष्ट र फलित राई, लक्ष्मी बर्देवा, राजाराम पौडेल, रवीन्द्र झा लगायतका कलाकारको पनि अभिनय रहनेछ। फिल्म प्रसिद्धी सिने आट्र्स प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको हो भने निर्मातामा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ रहेका छन्।

प्रसिद्धी सिने आट्र्स प्रा.लि. को ब्यानरमा निर्माण भइरहेको यस फिल्मको उक्त गीतमा साप शक्ति र अस्मिता अधिकारीको स्वर रहेको छ।

गीतका शब्द सुवल मणि सापकोटाले लेखेका हुन् भने संगीत पनि साप शक्तिकै रहेको छ। गीतको रेकर्डिङ अनामनगरस्थित ए प्लस स्टुडियोमा गरिएको हो। यस गीतको संगीत संयोजन (एरेन्ज) महाराज थापाले गरेका छन्।
ग्रामीण परिवेश र स्थानीय स्वाद झल्काउने शैलीमा तयार गरिएको यो गीतलाई रंगीन र जीवन्त बनाउन अहिले गुण्डुमा छायांकन भइरहेको निर्माण पक्षले जनाएको छ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ९ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।