१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


चलचित्र ‘मितज्यू’को एकहप्ता अगाडि नै प्रदर्शन हुँदै



काठमाडौं
चलचित्र ‘मितज्यू’को प्रर्दशन तोकिएको मितीभन्दा एकहप्ता अगाडि नै हुने भएको छ ।

आगामी जेठ १५ गतेलाई तय गरिएको यस चलचित्र आगामी जेठ ८ गतेबाटै प्रदर्शनी गर्ने निर्माण पक्षले घोषणा गरेको हो ।

चलचित्रको नयाँ प्रदर्शन मिती घोषणा गर्दै दोस्रो पोस्टर सार्वजनिक भएको छ। आइतबार
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार दयाहाङ राई,सौगात मल्ल, तेरिया फौजा मगर,शिशिर वाङ्देल र अर्का एक पात्र देखिन्छन्। जहाँ सौगात मल्ल हातका भाले च्यापेका छन् भने साईडमा पहाडमा गुड्ने गाडी दिन्छ। दयाहाङ राईको अनुहार निकै रिसाहा देखिएका छन् भने तेरिया मजेद्रोले टाउकामा बेरेर दुखी मुन्द्रामा देखिकी छन्। शिशिर र अर्का एक पात्र नरम झै उभिएका छन्। साइडमा फुस्को छानोवाला घर देखिएका छन्। जसका कारण फिल्मले ग्रामीण परिवेश र सामाजिक द्वन्द्वको झल्को देखिन्छ ।

अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय रहनेछ। यसै चलचित्रबाट तेरिया मगरले अभिनेत्रीका रुपमा डेब्यु गरेकी हुन्।
यस चलचित्रलाई जनक घर्ती मगरले लगानी गरेका हुन।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रको , सम्पादक लोकेश बज्राचार्य, छायाँकार शिशिर बिशंखे हुन्।

 

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ८ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।