ललितखबर
यो चैत्र महिनामा ४ नयाँचलचित्र प्रर्दशन हुने भएका छन् ।
चलचित्र विकास बोर्डका अनुसार चैत्र १३ गते महिनाको दोश्रो शुक्रबार मधुसुदन भट्टराईको निर्देशनमा बनेको चलचित्र हामी तीन भाईको प्रर्दशन हुँदैछ । विनोद न्यौपाने, कुशल विष्ट र फलित राईको अभिनय रहेको यस चलचित्रमा अभिनेत्रीहरु आश्मा गिरी र जाहन्वी बस्नेतको अभिनय हेर्न सकिन्छ ।
आगामी तेश्रो हप्ता कुनै नयाँ चलचित्र प्रर्दशनको तालिका छैन । महिनाको अन्तिम हप्ता चैत्र २७ गते शुक्रबार तीन चलचित्रको भीडन्त छ । नयाँ बर्षको छेको पारेर माइकल चन्दको निर्देशनमा बनेको चलचित्र रामनाम सत्य,राजु गिरी निर्देशित डल्लेले इन्ट्रि मार्योर सविर श्रेष्ठको ३६को आँकडा प्रर्दशनको तालिका छ ।
नयाँ बर्षको पुर्वसन्ध्यामा प्रर्दर्शित रेखा थापा र पुजा शर्मा अभिनित चलचित्र ३६को आँकडाको हल्लाखल्ला सुनिएको छैन ।
विराज भट्टको अनिनय रहेको चलचित्र रामनाम सत्यको भने चर्चा भइरहेको देखिन्छ । टेलि चलचित्रका कलाकार सागर लम्साल बलेको अभिनय रहेको यस चलचित्रको पनि चर्चा सुनिएको छैन ।








प्रतिक्रिया