८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


किन हरेक पल यस्तो हुन्छ पल शाहलाई ?



काठमाडौं

बर्षभरि प्रर्दशन हुने १ सय चलचित्रमध्ये दुई चारवटा चलचित्रले मात्रै कमाउछन् । ती मध्ये एक दुई चलचित्रले मात्रै ५१ दिनसम्म निरन्तर चल्छन् ।
यस्तै भाग्यमानी चलचित्रमा पर्छ पछिल्लो समय प्रर्दशन सुरु भएको चलचित्र ‘आबाट आमा’ ।
आइतबार एकाविहानै चलचित्रको निर्माण पक्षले निरन्तर ५१ दिनसम्म प्रर्दशन हुन सफल भएकोमा खुशीयाली साट्ने कार्यक्रम आयोजना गरेको थियो । विहान ९ बजे नै पाहुनाको रुपमा निम्त्याएको पत्रकार र कलाकारहरुको राजधानीको धुम्बाराहीस्थित एक रेष्टुराँमा भीड लाग्यो ।
तर ३ घण्टापछि १२ बजेसम्म पनि चलचित्रका अभिनेता कार्यक्रम हलमा प्रवेश नै गरेनन् । डेढ घण्टा कुरेर आयोजक हैरान भएपछि कार्यक्रम सुरु गरिएको थियो । पत्रकार रेष्टुराँको आँगनमा हायलकायल बनेर कुर्दै थिए ।
कार्यक्रम सकिनै लाग्दा पुगेका अभिनेता लाजै नमानी कार्यक्रम हलमा पसे । सम्मान पत्र बाँडे । अनि भाषण गरे तर आफू त्यो उत्हासको कार्यक्रममा समयमा उपस्थित हुन नसकेको कुनै वाहाना सुनाएर माफी समेत मागेनन् ।
अभिनेता पल शाहलाई असफलताले छोडेको थिएन, जीवनमा र करियरमा पनि । केही समयअघि पल अब सकिए भनेर चर्चा हुन थालेको थियो । जीवनको कालो बादल भर्खरै फाट्दै थियो, सिनेमाहरूमा जोडिन थालेका त थिए, तर प्रर्दशन भएका सिनेमा सफल हुन सकेनन् । ओरालो लागेको जीवन र करियर यतिसम्म अप्ठ्यारोमा पुग्यो कि साइन गरेका सिनेमाबाट समेत भटाभट निकालिन थालेका थिए पल ।

त्यही समयमा अभिनेता पललाई लिएर निर्देशक चन्द्र पन्तले चलचित्र बनाउने आँट गरेका हुन् । टिमले विश्वास ग¥यो, उनले पनि मेहनत गरे । आ बाट आमाको टिम पलको लागि लक्की साबित भयो । सिर्जना भयो आजको दिन एकाउन्न दिन सफलताको सेलिब्रेसन ।

तर, पलले यो दिनको महत्त्व र मेकरको उनको करियरमा गरेको योगदान बुझेनन् । र त होला नौ बजे भनेर आयोजना गरिएको

कार्यक्रममा बाह्र बज्नै लाग्दा पुगे । पल व्यस्त छन्, उनको म्युजिक भिडियो र मेला महोत्सव पैसा फल्ने बोट हुन । तर ती अवसर पनि यही सिनेमा र सिनेमा मेकरको कारण सहज रूपमा सिर्जना भएको हो । यसर्थ उनले मेकरको महत्त्व बुझ्न जरुरी थियो ।

सिनेमाको भारी निर्देशकले बोकेर हिँड्छन् काम कस्तो गर्ने र गराउने सबै बोझ उनमा हुन्छ । यसैले चन्द्र पन्तले ओरालो लागेको पलको करियरलाई माथि उचाले भन्दा फरक पर्दैन । तर पल ? पल भने आफ्नै दुनियाँमा मस्त देखिए । उनको समय समय, उनको दुख दुख उनका काम काम र अरू सबै बेकाम । यस्तै देखियो ।
तर पनि अभिनता पल यस्तै छन् । उनी समयको महत्व बुझ्दैनन । जहाँ पनि ढिलो पुग्छन्, आयोजक र पाहुना कुराउछन्, हैरान बनाउछन् । खै,क हिले सुध्रेने हो अभिनेता पल ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ८ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।