काठमाडौं
चलचित्र ‘आ बाट आमा २’को मुख्य कलाकारमा अभिनेता पल शाह र अभिनेत्री विपना थापा अनुवन्धित भएका छन्।
सोमबार चलचित्रका निर्देशक चन्द्र पन्तले दुवै कलाकार चलचित्रका लागि अनुबन्ध गरेका हुन्।
हलमा चलिरहेको चलचित्र ‘आ बाट आमा’मा विपना थापा आमाको भुमिका रहेकी छिन् भने पल छोराको।
सोही कथालाई निरन्तरता र केहि फरकपन सहित निर्माण पक्षले विपना र पललाई अनुबन्ध गरेको जानकारी दिएको हो।
अघिल्लो चलचित्रका अभिनेत्रीद्धय उषा उप्रेती,सिम्रन पन्तलाई निर्माण पक्षले निरन्तरता दिने बारे केहि खुलाएको छैन। यस बारेमा निर्देशक पन्तले विस्तारै खुलाउँदै लैजाने बताए ।
उनका अनुसार यो चलचित्र आगामी नयाँ वर्ष अर्थात बैशाखबाट छायांकनमा जाने छ। साथै निर्माण पक्षले चलचित्रलाई आउँदो वर्षकै दशैंमा प्रर्दशन गर्ने तयारीमा छ।
निर्देशक चन्द्र पन्तले बैशाखमा चलचित्रको छायांकन गरेर दशैंका लागि प्रदर्शनका लागि तयार पार्ने बताए। उनले भने,‘अहिले चलचित्रका लागि दुई जना कलाकारलाई अनुबन्ध गरेका छौँ। अन्य कुरा बिस्तारै जानकारी दिदै लैजानेछौँ।








प्रतिक्रिया