१२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


‘कुल’ देखिन्छन् अभिनेता कुलव्याई, अभिनेत्री दिव्या पनि उस्तै



बुङमती

ललितपुरको बुङमतीमा विहीबार अभिनेत्री दिव्या रायमाझी र टिकटकमार्फत चर्चामा आएका अभिनेता पारस बम ठकुरी (कुलव्याई)सँगै भेटिए ।

चलचित्र ‘बेहुली’का लागि अनुबन्धित यो जोडी शुभमुहूर्तमा विनम्रभएर प्रस्तुत भए । चलचित्रको शुभमुहूर्तमा सँगै उभिएका उनीहरुको जोडी पनि विछट्टै राम्रो देखिएको थियो ।
साधारण रातोरंगको कुर्थामा उपस्थित अभिनेत्री दिव्याले पछिल्लो समय शरीर फिट राख्न मेहनत गरेकी छिन्।
चलचित्र होस्टेल ३ बाट चलचित्रमा डेव्युगरेका कुलव्याईआफलाई सोझो युवक देखिएको भन्दै अव चलचित्र खराव बन्न चाहेकोकार्यक्रममा बताए । तर वास्विक जीवनमा उनी असाध्यैराम्रो युवकको रुपमा प्रस्तुत हुन्छन्। हाँसेर बोल्ने बानी रहेको उनी कँही कतै रिसाएको भेटिन्न । ठूलालाई सम्मान गर्छन्, कुलवयाई आफूभन्दा सानालाई मायाँगरेको देखिन्छ ।

कार्यक्रममा कुलव्याईले आफूलाई चलचित्रमा ल्याउने निर्माता सुशान्त कडेललगायतलाई धन्यवाद दिए । कलाकार पदम तामाङलगायत कलाकारसँग फेरि अभिनय गर्न उत्सुक रहेको भन्दै अभिनेत्री दिव्यासँगको सहकार्य रमाइलो हुने अपेक्षा व्यक्त गरे ।
अभिनेत्री दिव्या पनि ठ्याक्कै कुलव्याईजस्तै छिन्। उनलेले कार्यक्रममा छोटो तर मिठो भाषण गरिन् । पत्रकारहरुको प्रश्नको उत्तर दिदा उनको कुटनीतिक शैली लोभलाग्दो थियो ।
आफू इमानदार बनेर काम गर्दा सबैले पत्याएको तर्क गर्दै दिव्या सबैप्रति आदरभाव प्रकट गरिन् ।
यो सुन्दर जोडीको चलचित्र बेहुली आगामी भदौं१२ गतेबाट प्रर्दशनमा आउने भएको छ ।

चलचित्र ‘होस्टल ३’ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका अभिनेता कुलब्वाय चर्चित टिकटकर समेत हुन्। यसअघि
अभिनेत्री रायमाझीका चलचित्रहरु ‘एक्टर टेक वान’ , ‘पिताम्बर’ र ‘वरिष्ठ बलराम’ ले चलचित्र बृत्तमा राम्रै चर्चाकमाएका थिए ।
निर्माणको क्रममा रहेको चलचित्र ’बेहुली’को लाइनअप उत्साहजनक देखिन्छ । चलचित्रमा कुलब्वाय र रायमाझीसँगै पदम तामाङ, सन्तोष बानिया, सरिता गिरी, लोकेन्द्र लेखक, सबिन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  ७ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।