१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


सिने क्षेत्रबाट हराएका हिरो आकाश एकाएक व्यस्त कसरी ?



 

ललितखबर

पूजा शर्माकै कारण चर्चाको शिखरमा रहने आकाश श्रेष्ठ सम्बन्धमा आएको चिसोपनाले सिनेजगत बाटै बेपत्तै भए ।
पूजाले सञ्चार माध्यममा पुगेर नाम नलिएर गरेका बिलौनाले आकाशको करियमा ब्याकफायर गरेकै हो । त्यसपछि दुबैको प्रेम सम्बन्ध चर्चामा आयो तर यसले आकाशको करियरमा केही फाईदा पुग्न सकेन । उनी लामै समय हराए ।

अब भने ब्यवसायिक रुपमा सफल सिनेमा ूआबाट आमा २ू मा उनी अनुबन्धित भएसँगै उनले आफू व्यस्त रहेको बताउन थालेका छन् ।
यही खबर सार्वजनिक गर्न राजधानीमा पत्रकार सम्मेलन गरिएको थियो । सो समय उनले आफू ब्यस्त रहेको बताउन भ्याए । आफुलाई खाली रहेर घरमै बसिरहेको चाही भन्न नमिल्ने तर्क गर्दै पत्रकारसँग उनले रिस समेत देखाएका छन् ।

तर वास्तविकता यही थिएन भने उनले पल शाह मुख्य भुमिकामा रहदा रहदै पनि सो सिनेमा किन अभिनय गर्दैछन् भन्ने प्रश्न उठ्छ । के उनले सोलो रोल पाउन छोडेका हुन्

उनले रोल बलियो भएको कारण यस चलचित्रमा आफू अनुबन्धित भएको स्प्रष्टिकरण दिएका छन् । तर
आकाशले यसअघि सिनेमामा केमियोसम्म पनि गरेको देखिएर्कै हो । तर पनि ह्नमा दन्भ भने घटेको देखिएन ।

पूजा र उनको सिनेमा एकसाथ आउने भन्दै गरिएको प्रश्नमा पनि उनी रिसाए । र जसले हल्ला फैलायो उसैलाई सोधेर जवाफ पाउन आग्रह गरे । पछिल्लो समय पल र पूजाको सम्बन्ध समेत राम्रो छैन । पूजाको विवाहको निम्तो र नआएको भन्दै यी दुबै सञ्चार माध्यममा पुगेर खुब कुरा काटे । यसैबीच अब आकाश र पल एक साथ सिनेमामा आउने भएका छन् ।

जे होस आकाशले सिनेमा पाएका छन् । लामो समय पछि पाएको सिनेमामा उनले अभिनयमा समेत सुधार ल्याउने अपेक्षा गर्न सकिएला । त्यसो हुन सकेन भने त रोल राम्रो छ भन्दै साईड हिरो मै सिमित हुने अवस्था नआउला भन्न सकिन्न ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ४ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।