काठमाडौं
राजधानीमा जारी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा महानायक राजेश हमाल र बलिउड फिल्म ’शोले’ निर्देशक रमेश सिप्पी सहभागी हुँदैछन् । आज दिउँसो महानायक राजेश हमाल र बलिउड फिल्म ‘शोले’का निर्देशकबीच संवादको कार्यक्रम राखिएको छ ।
नवौं संस्करणको यस महोत्सवको दोस्रो दिन आज ‘रसियन फिल्म डेज’को उद्घाटन कार्यक्रम रहेको छ । कमलपोखरीस्थित रसियन हाउसमा उद्घाटन कार्यक्रमसँगै चलचित्र स्क्रिनिङ सुरू हुनेछ ।
आज पहिलो रङ्गिन चलचित्रको अलिखित कथा’ शीर्षकमा संवाद कार्यक्रम समेत राखिएको छ । यस कार्यक्रममा नेपालको पहिलो रङ्गिन चलचित्र ‘कुमारी’का निर्देशक प्रेम बस्नेत, नायिका चैत्यदेवी सिंह र सह छायाकार मञ्जुकुमार श्रेष्ठसँग दीपक सापकोटाले संवाद गर्नेछन् ।
सिभिल मल, छाया सेन्टर र रसियन हाउसमा चलचित्र प्रदर्शन हुनेछन् ।








प्रतिक्रिया