२४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


चलचित्र ‘हामी तीन भाई’को बक्स अफिस रिर्पोट निराशाजनक



ललितखबर
चलचित्र ‘हामी तीन भाई’को वक्स अफिस रिर्पोट निराशाजनक देखिएको छ ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको सिनेपा रिर्पोट अनुसार यस चलचित्रको ८ दिनको व्यापार६ लाख ३२ हजार मात्रै रहेको छ ।
चलचित्रले देशभर यो अवधिमा २ हजार २८५ वटा टिकट बिक्रि भएको छ ।

चलचित्रलाई मधुसुदन भट्टराईले निर्देशन गरेका हुन्। कमेडी तथा सामाजिक कथामा आधारित यस चलचित्रमा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत,फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा ९हर्के हल्दार९, विकास चापागाइँ शुष्मा निरौला, यादव देवकोटा ९सरापे०,अन्जु हमाल,तारा शर्मा,पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ,शुष्मा जिम्बा,खिन्न बहादुर भण्डारी ९भोले०,गोविन्द प्रसाद पौडेल,भुमिका गिरी,टेकराज पौडेल,अमृतमान महर्जन लगायतको अभिनय रहेको छ ।
चलचित्र आबाट आमाले भने अहिलेसम्म १३ करोड १३ लाख बक्सअफिस कलेक्सन गरेको छ । यस चलचित्रले केही दिनअघि ५१ दिने निरन्तर प्रर्दशनको रेकर्ड बनाई सकेको छ ।
चैत्र महिनामा गएको १३ गते चलचित्र हामी तीन भाई मात्रै प्रर्दशन भएको हो । यही चैत्र २७ गते चलचित्र राम नाम सत्य प्रर्दशन हुने तयारीमा छ । पछिल्लो समय देशमा भएको आमर्विाचन त्यसको मत परिणाम र सरकारले विभिन्न नेताहरुलाई पक्राउपछिको आन्दोलनका कारण चलचित्र हेर्ने वातावरण खल्बलिएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ८ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।