चलचित्र ‘राम नाम सत्य’ले शुक्रबार भन्दा शनिबारको व्यापार बढेको छ । वितरकहरुका अनुसार देशभर चलचित्रको व्यापार राम्रो रहेको छ ।
अभिनेता विराज भट्टसहितका कलाकारहरु काठमाडौंका विभिन्न हलमा पुग्दा दर्शकहरुले घेरको देख्न सकिन्थ्यो । हलमा चलचित्रका कलाकारहरु आँखा अगाडि देख्दा दर्शकले हुटिङ गर्दै थिए ।
माइकल चन्दको निर्देशनमा निर्माण गरिएको चलचित्रमा एक्सन, कथावस्तु र कलाकारहरुको अभिनयलाई दर्शकले रुचाएका छन् । चलचित्र हेरेर दर्शकले सुखद प्रतिक्रिया दिएपछि नायक विराज भट्ट पनि उत्साहित छन्।
चलचित्रमा विराज भट्टसहित सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, सुनील थापा, प्रशान्त ताम्राकार, आयुष सिंह ठकुरी, खुशी कार्की लगायतका कलाकारहरुको अभिनय छ ।








प्रतिक्रिया