१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आफ्नै साथीको हत्या गरेकाे आरोपमा एक व्यक्ति तीन वर्षपछि पक्राउ


१६ माघ २०७६, बिहिबार  

0
Shares

१६ माघ ०७६, काठमाडाैं । आफ्नै साथीको हत्या गरी फरार भएका एक व्यक्ति हिजो बुधबार पक्राउ परेका छन्। वीरगञ्ज महानगरपालिका १६ का ३५ वर्षीय फिरोज मियाँलाई हत्या आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई तीन वर्षपछि पक्राउ गरिएको हो।

त्यस्तैगरि निज अभियुक्तलाई विसं २०७२ माघ २९ मा ललितपुर उपमहानगरपालिका–३ धोवीघाटस्थित निर्माणाधीन घर कुर्न बसेका वषृ ३० का सुरेशकुमार साहलाई हत्या गरेको आरोप लागेको छ ।शाह र मिया त्यो दिन एकै ठाउँमा बसेर मादक पदार्थ पिएर एक आपसमा
कुरा गर्ने क्रममा विवाद हुँदा मियाँले इँटा र रड प्रहार गरी हत्या गरेर फरार भएका थिए।

उनलाई काठमाडौँको कीर्तिपुर नगरपालिका–२ बाट ब्यूरोको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान र कारवाहीका लागि हिजो बुधबारै महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको ब्यूरोका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिनु भयो।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १६ माघ २०७६, बिहिबार  ९ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।