५ भदौ २०८३, शुक्रबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र लालीबजार राम्रो लागेको दर्शकको प्रतिकृया



 

चलचित्र लालीबजार हेर्ने दर्शकले चलचित्र राम्रो भएको प्रतिकृया दिएका छन् ।
वैशाख २५ देखि नेपालभर प्रदर्शनमा आएको चलचित्र ‘लालीबजारु चलचित्रकी अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, नव अभिनेता विशाल देवकोटा, नवअभिनेत्री प्रशंसा सुवेदीलगायत कलाकार काठमाडौँका विभिन्न हलमा पुगेर दर्शकसँग प्रतिकृया लिइरहेका छन्।

्चलचित्र हेर्न आउने अधिकाँश दर्शक रुँदै बाहिरिएको देख्न सकिन्छ । धेरै दर्शकले एकल आमाले छोरी पढाउने गरेको संर्घष देखेर आँशु रोक्न नसकेको दर्शक प्रतिक्रिया दिएका हुन् ।

अभिनेत्री स्वस्तिमा खड्काले दर्शकले दिएको माया र प्रक्रियाले आफू उत्साहित भएको बताइन । उनले भनिन्, ‘हामीले चलचित्रमार्फत जे भन्न खोजेका थियौँ, र देखाउन खोजेका थियौँ त्यसलाई दर्शकले मन पराउनु भएको छ ।ु अभिनेत्री खड्कासँगै हल पुगेका डेब्यु अभिनेता विशाल देवकोटा पनि दर्शकले ‘राम्रो अभिनयु गरेको भन्दै प्रतिक्रिया दंग परेको बताउछन् ।

डेब्यु अभिनेत्री प्रशंसा सुवेदीले सबै वर्गका दर्शकले फिल्मलाई माया दिईरहेको बताइन । उनले दर्शक र चलचित्रकर्मीबाट पाएको माया र प्रतिक्रियाले झनै हौसला थपेको भन्दै उत्साह व्यक्त गरिन् । चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी र विरवल चौधरीलगायत कलाकारहरूको अभिनय रहेको छ।

यसै चलचित्रमार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गर्दैछन् । विशाल थियटरका अभिनेता तथा निर्देशक हुन् भने प्रशंसा जेन(जी पुस्ताकी अभियन्ताकी रूपमा परिचित छिन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा बनेको चलचित्र ‘लालीबजार’को पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् । फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन् ।

 

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  ८ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।