ललितखबर
राष्ट्रिय स्वतन्त्र पार्टी ललितपुरको आज जिल्ला अधिवेशन हुँदैछ । चापागाँउको एक पार्टी प्यालेसमा विहान सुरु हुने अधिवेशनको बन्दसत्रले जिल्लाको नेतृत्व चयन गर्ने कार्यसूचि छ ।
गोदावरी नगर सभापति दिलिप थापाका अनुसार नेतृत्वका लागि १८ जना नेताहरुको उम्मेदवारी परेको छ । सचिवमा कुष्णकुमार सिजापती निर्विरोध निर्वाचित भएका छन् ।
जिल्ला सभापतिका लागि बुद्धरत्न महर्जन र विदुर थापाले दावी पेश गरेका छन्। उपसभापतिमा सोनिका तामाङ र पुजा खत्री, सहसचिवमा अनुप सापकोटा,गीता केसी,कल्र्याण पोखरेलको उम्मेदवारी परेको छ । सदस्यहरुमा सावित्री महर्जन,कुसुम सुनुवार,सुश्मा महत,महेन्द्र अधिकारी, रामप्रसाद दाहाल, राजु लोप्चन, धिरेन्द्रकुमार श्रेष्ठ, किसनप्रसाद तिमल्सिना र जितेन्द्र महर्जनले उम्मेदवारी दिएका छन् ।
उदघाटन कार्यक्रमसँगै बन्दसत्र सुरु हुने र नयाँ नेतृत्वको निर्वाचन गरिने रास्वपाले जानकारी दिएको छ ।








प्रतिक्रिया