१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


इन्दिरा जोशीको स्वरमा बोल्ड आइटम गीत सेन्सेशन् सार्वजनिक




काठमाडौं
नेपाली संगीत पारखीहरूका लागि नयाँ स्वाद पस्कँदै लोकप्रिय गायिका इन्दिरा जोशीको स्वरमा रहेको उत्कृष्ट डान्स नम्बर तथा बोल्ड आइटम गीत ुसेन्सेशन्ु सार्वजनिक भएको छ। ‘ट्रिपल ए प्रोडक्सन हाउस’को आधिकारिक युट्युब च्यानलमार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

गीतकार मनोज खड्काको शब्द रचना रहेको यस गीतमा गायिका इन्दिरा जोशीलाई गायक रामकृष्ण ढकालले गायनमा साथ दिएका छन्। गीतमा कल्याण सिंहले संगीत भरेका छन् भने गोपाल रसाइलीले संगीत संयोजन (एरेन्ज) गरेका हुन्। साउन्डमिल स्टुडियोमा रेकर्ड गरिएको यस गीतको अडियो मिक्सिङ तथा मास्टरिङ महेश्वर राजभण्डारीले गरेका हुन्।

म्युजिक भिडियोमा चर्चित डान्सर आश्मा विश्वकर्मा र रोशन विश्वकर्माको आकर्षक नृत्य तथा अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन रोशन विश्वकर्मा आफैंले गरेका हुन् भने कोरियोग्राफी सुनिता पोखरेलले गरेकी हुन्।

https://www.youtube.com/@lalitkhabar

यस म्युजिक भिडियोलाई उत्सव दाहाल र उनको टिमले छायाङ्कन गरेका छन् भने सम्पादन तथा रङ्ग संयोजन डिन्सन शाहले गरेका छन्। यसैगरी, भिडियोमा दिपेन गौतम ‘माइकल’ प्रोडक्सन म्यानेजर, आशा गौतम कस्ट्युम डिजाइनर र सुभाष तिमल्सिना मेकअप आर्टिस्टको रूपमा रहेका छन् भने फोटोग्राफी राजीव श्रेष्ठले गरेका हुन्।
दर्शकलाई भरपुर मनोरञ्जन दिने उद्देश्यले तयार पारिएको यो सेन्सेशन् गीतले दर्शकहरूको राम्रो साथ पाउने अपेक्षा निर्माण पक्षले गरेको छ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ७ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।