२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


महानायक हमालको महिला पत्रकारलक्षित अपमानजनक अभिव्यक्ति



अशोक दुलाल

एक सार्वजनिक कार्यक्रममा महानायक राजेश हमालले महिला पत्रकारलाई अपमानित हुने गरेर अभिव्यक्ति दिएका छन् ।

ललितपुरमा एक रियालिटी शोबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महानायक हमाललाई विवाहपछि सन्तान जन्माउनेबारे योजनाका बारेमा प्रश्न सोधिएको थियो । यसै क्रममा एक महिला पत्रकारले लामो समयसम्म पनि सन्तान नहुनुको कारणबारे जिज्ञाशा राखेकी थिइन् ।

https://www.youtube.com/@lalitkhabar

सार्वजनिक व्यक्तिको जीवनबारे सार्वजनिक रुपमा उठाइएको प्रश्नको उत्तर दिने क्रममा महानायक हमालले उत्सुक किन हुनुभयो भन्दै प्रतिप्रश्न गरे, कतै सानो हमालको त पाईले नै ओथारो बसिदिने हो कि महानायक हमाल करिव २ सय जना पत्रकार र विशिष्ट व्यक्तिहरुबीच सन्तान जन्माउनका लागि कोशिश जारी रहेको भन्दै अश्लील रुपमा प्रस्तुत भएका थिए ।
कमेटी शोका सम्बन्धका सन्दर्भमा आयोजित कार्यक्रममा पत्रकारहरुले सोधेको गम्भिर विषय वस्तुको उत्तर हाँस्दै ठट्यौली पारामा दिएको भएपछि सार्वजनिक रुपमा अपमानित हुने गरि दिइएको उत्तर जायज नभएको कार्यक्रममा सहभागी पत्रकारहरुले अभिव्यक्त गरेका थिए ।

महानायक हमालले दिएको सो विवादास्पद अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

https://www.facebook.com/reel/1845968196579867

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  १० : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।