२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘गजिनी’ भिलेन प्रदीपसिंह रावतको निधन



काठमाडौंं
भारतीय चर्चित ‘गजिनी’का भिनेन एवं अभिनेता प्रदीपसिंह रावत निधन भएको छ । नेपाली अभिनेत्री विपना थापाले रावतको निधन भएको पुष्टि गरेकी छन् । ब्लड क्यान्सरबाट पीडित रावतको ७४ वर्षको उमेरमा मंगलबार साँझ मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

उनी ‘सरफरोश’, ‘लगान’ र ‘गजिनी’जस्ता हिन्दी चलचित्रमार्फत चर्चामा आएका थिए । नेपाली,तेलुगु, हिन्दी र तमिल फिल्मका चर्चित अभिनेता रावतले नेपाली चलचित्र ‘आबाट आमा’ र ‘ह्रस्व दीर्घ’ मा पनि अभिनय गरेका छन्।
भारतीय फिल्मकर्मी तथा कलाकारहरूले पनि सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  १० : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।