५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


‘चमेलीको पोई’को ट्रेलरलाई पत्रकारले ‘मन परेन’ भनेपछि निर्देशक ‘अक्क न बक्क’



अशोक दुलाल


चलचित्रको प्रचारका लागि हरेक चलचित्रको प्रचार सामाग्री निर्माण पक्षले ट्रेलर तामझामका साथ कार्यक्रम गरेर सार्वजनिक गर्छन् । चलचित्र भवनको ठूलो पर्दामा ट्रेलर देखाएपछि उद्घोषकले सोध्छन् ,‘ट्रेलर कस्तो लाग्यो’ अनि प्रचारमा उत्रेका युट्युवर र शुभेच्छुकहरुले दामी दामी भन्दै तारिफ गरेको सुनिन्छ ।

आइतबार राजधानीको हात्तीसारस्थित एक सिनेमा घरमा चलचित्र चमेलीको पाईको ट्रेलर सार्वजनिक कार्यक्रममा सोही प्रकृया दोहोरियो । सहभागीहरुले ट्रेल् हेरेपछि दामी दामी भन्दै चिच्याए ।
जब पत्रकार प्रश्नोत्तर कार्यक्रम चल्यो एक पत्रकारले सोधिन्, ‘तपाईहरुले सार्वजनिक गरेको ट्रेलर खासै राम्रो लागेन । यो चलचित्रबाट कस्तो अपेक्षा गर्नु भएको छ रु ’

https://www.youtube.com/@lalitkhabar

उत्तर दिन अघि सरेका अभिनेता मुकुन भुसाल हच्किए । अनि माइक निर्देशक एभरेष्ट सूर्य बोहोरातिर तेर्साए । केही क्षणअघि प्रशंसा सेनेर मख्ख परेको निर्देशक बोहोरा खङ्रंग बने । अनि भने, ‘टे«लरमा चलचित्रको केही टुक्रा मात्रै देखाइन्छ । चलचित्र हेरेपछि मात्रै राम्रो नराम्रो भन्न सकिन्छ । ट्रेलर मन नपराउन पनि पाइन्छ। मन पराउन पनि पाइन्छ ।’

कार्यक्रममा अभिनेत्री सुरक्षा पन्तले चलचित्र राम्रो भएको सुनाइन् । अर्का कलाकार नारायण त्रिपाठीले अमेरिकामा चलचित्र प्रर्दशन गर्दा हाउसफुल भएको र सबैले मन पराएको बताए । अभिनेता मुकुन भुसालले पनि उत्साह व्यक्त गरे ।

चलचित्रको प्रचारका क्रममा कलाकार तथा निर्माण पक्षले आफ्नो चलचित्र राम्रो बनेको दाबी गर्छन् नै । तर प्रर्दशनको बेला निर्माताले आफैले टिकट किनेर हल भर्दै युट्युवरलाई ज्याला दिएर हल घुमाउदै भाडाका मान्छैलाई चलचित्र राम्रो भन्न लगाउने गरेको आरोप लगाइन्छ । निर्माताहरु आफै प्रर्दशनको क्रममा टिकट नकिने हलमा शो नपाउने गुनासो सुनाउछन् ।

निर्देशक तथा चलचित्रकर्मीले काम पाउन निर्माता फसाउदै तान न तुईको चलचित्र बनाउने र दर्शकलाई मुर्ख बनाउने खेल निरन्तर चलिरहेको चलचित्र बृत्तमा चर्चा हुने गरेको छ । पछिल्लो समय सत्य बोल्ने र लेख्ने पत्रकारहरु समेत अल्पमतमा पर्ने अवस्था आएको चर्चा सुनिन्छ । चलचित्रको कार्यक्रममा भेला भएका पत्रकारहरुलाई पत्रकारिता सिकाउने क्रम निरन्तर बढ्दो छ ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ७ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।