
काठमाडौं । बरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । केही दिनदेखि अस्वस्थ्य हुनुभएका शर्माको बुधबार निधन भएको हो ।
नेपाल टेलिभिजनमा स्थापनाकाल देखि नै कार्यरत शर्मा इलामको सूर्योदय नगरपालिका, फिक्कलमा जन्मिनुभएको हाे ।
त्यस्तैगरि नेपाल टेलिभिजनको महाप्रबन्धक समेत हुनुभएको थियो । त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मुटु सम्बन्धी उपचारका क्रममा उहाको निधन भएको हो । पत्रकार शर्माको एक श्रीमती र दुई छोरा छन् ।







प्रतिक्रिया