
२५ माघ ०७६, काठमाडौं । राप्रपा नेपाका अध्यक्ष कमल थापाले ललिता निवास प्रकरणमा दोषीलाई कानूनी कठघरामा उभ्याउनु पर्ने भनाई राख्नुभएको छ ।
विगत केही वर्ष यता नेपालमा लोकतन्त्रको आवरणमा स्वच्छन्द ढंगले लुटतन्त्र चलिरहेको टिप्पणी गर्दै भन्नुभयो,‘अहिले कसैले पनि डराउनुपर्ने अवस्था छैन्, कारबाही गर्ने, अनुशन्धान गर्ने र न्याय दिन निकायमा प्रमुख दुई ठूला दलले भागबण्डाका आधारमा नियुक्ती गर्ने गरेका छन् । प्रशासनिक संरचनामा पनि पार्टीको प्रभाव तिव्र रुपमा बढेको छ । यी दलहरुले राजसंस्थालाई पनि पाखा लगाएका छन् । जनतालाई त स्वाभिमानी नागरिक नभएर रैती ठानेका छन् ।’ उहाले थप्नुभया,‘यी दलहरुले जनतासँग डराउँदैनन् । राजालाई पाखा लगाईहाले । कारबाही गर्नुपर्ने निकाय, अनुशन्धान गर्नुपर्ने ठाउँ र न्याय दिने ठाउँमा आफूअनुकुलका मान्छे भर्ती गरेका छन् ।’
रिपोर्टस क्लवमा शनिबार आयोजित कार्यक्रममा बोल्दै थापाले पछिल्लो ८÷१० वर्षदेखि भ्रष्टाचारको ब्रम्हलुट देखिएको पनि टिप्पणी गर्नुभयो । उहाले भन्नु भयोे,‘ढिलै भएपनि अख्तियार अनुशन्धान दुरुपयोग आयोगले ललिता निवास जग्गा प्रकरणमा केही व्यक्तिहरुमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको छ । राप्रपा यो कदमलाई सकारात्मक रुपमा लिन्छ र अख्तियारलाई धन्यवाद दिन चाहन्छ ।’
मुद्दा दायर गर्दा राजनीतिक आग्रह र पूर्वाग्रह तथा प्रतिशोध साँधिएको भन्ने कुरा पनि आएको सुनाउँदै थापाले थप्नुभयो,‘भ्रष्टाचारको मुद्दामा निर्दोष पर्नुहुँदैन्, अपराधीलाई उन्मुक्ति दिनुहुँदैन र उनीहरुले उन्मुक्ति पाउनुहुँदैन् । अहिले यो विषय अदालतसम्म पुगेको छ । अदालत पनि अहिले अग्निपरीक्षामा छ । उसले निर्दोषलाई सफाई देला र कोही कसैलाई नियतवश उन्मुक्ति दिने प्रयास भएको भए थप छानबिन गरेर दोषीलाई कानूनको कठघरामा उभ्याउने आशा छ ।’
२५ माघ २०७६, शनिबार
0
Shares







प्रतिक्रिया