२४ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


हेलिकप्टरबाट एक सुत्केरीको उद्धार


२८ माघ २०७६, मंगलबार  

0
Shares

२८ माघ ०७६, हुम्ला । हुम्ला जिल्लाको दक्षिण क्षेत्रमा रहेको ताजाकोट गाउँपालिका–३ चौतारीबाँडा गाउँबाट सुत्केरी व्यथा लागेर साल अड्किएको एक महिलालाई आज दिउँसो हेलिकप्टरबाट उद्धार गरिएको छ ।सोहि गाउँपलिका वडा ३ का ३९ वर्षीया रुपशिला दमाईंको साल अड्किएर निस्कन नसक्दा चौबिस घण्टापछि हेलिकप्टरबाट उद्धार गरिएको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरी व्यथा लागेका रुपशिलालाई प्रदेश अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय हुम्लाको पहलमा सुत्केरी व्यथा लागेर साल अड्किएको जानकारी आएपछि उद्धारको लागि पहल गरी उद्धार गरिएको प्रजिअ भट्टराईले जानकारी दिनुभयो ।

https://www.youtube.com/@lalitkhabar

उच्च रक्तश्रावले अचेत अवस्थामा रहेकी रुपशिलालाई प्रमुख जिल्ला अधिकारी विनिता भट्टराई र ताजाकोट गाउँपालिका अध्यक्ष बाग्दल मल्लको पहलमा प्रदेश अस्पतालमा लगिएको हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट पठाएको हेलिकप्टरमा सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो।

त्यस्तैगरि पछिल्लो समयमा कर्णालीका विकट हुम्ला जिल्लाबाट सुत्केरी हुन नसकेका महिलालाई हेलिकप्टरबाट उद्धार गरेर धेरैको ज्यान जोगिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ८ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।