३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


हिमालयन बैंकको २२ प्रतिशत लाभांश पारित


२९ माघ २०७६, बुधबार  

0
Shares


२९ माघ ०७६, काठमाडौं । हिमालयन बैंकले आफ्ना शेयरधनीलाई २२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । सो बैंकको आज यहाँ सम्पन्न २७औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश (करसहित) पारित गरेको हो ।
बोनस शेयरको वितरणपश्चात् बैंकको चुक्ता पूँजी रु नौ अर्ब ३७ करोड २२ लाख ८१ हजार ४२८ पुग्ने बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले जानकारी दिनुभयो । २७ वर्षदेखि वित्तीय सेवा दिँदै आएको बैंकले आव २०७५÷७६ मा रु एक खर्ब १३ अर्ब नौ करोड निक्षेप सङ्कलन र रु ९८ अर्ब २० करोड ६३ लाख कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः १३.३८ र १३.०८ प्रतिशतले बढी हो ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ९ : २१ बजे