१ माघ २०८२, बुधबार | Thu Jan 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


छ लाखसहित सोह्र जना जुवाडे पक्राउ


३ फाल्गुन २०७६, शनिबार  

0
Shares


३ फाल्गुन०७६, काठामाडौं । नेपाल प्रहरीले रु छ लाख २५ हजार नगदसहित १६ जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख रञ्जितसिंह राठौर नेतृत्वको प्रहरी टोलीले तारकेश्वर नगरपालिका–९ शुभकामना चोकमा घर भाडा लिएर बस्ने दिनेश पन्तको कोठामा जुवा खेल्ने १६ जनालाई शुक्रबार राति पक्राउ गरेको हो ।

त्यस्तगरि पक्राउ पर्नेमा शङ्कर डङ्गोल, मोहन खड्का, देवरत्न श्रेष्ठ, रोशन ठकुरी, रामशरण खत्री, पदम अधिकारी, इन्द्रराज विडारी, दिनेशराज कुँवर, बुद्धीबहादुर गुरुङ, राजु गुरुङ र अनुप गुरुङ छन् । देवेन्द्र केसी, श्यामसुन्दर नगरकोटी, विमल मगर, दिनेश पन्त र शिवजी शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले ठूलो रकम कारोवार गर्नेगरी जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिनुभयो । पक्राउ परेकासँग नगद पनि नियन्त्रणमा लिएको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  १ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।