२८ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


राससका वरिष्ठ सम्पादक मोहिनी रिसाल सम्मानित


१० फाल्गुन २०७६, शनिबार  

0
Shares

१० फाल्गुन ०७६,ललितपुर । राष्ट्रिय समाचार समिति (रासस)की वरिष्ठ सम्पादक मोहिनी रिसाल आज ललितपुरमा आयोजित एक कार्यक्रममा सम्मानित भएकी छिन्।

भैँसेपाटीस्थित श्रीकुल माविका तर्फबाट पूर्वशिक्षामन्त्री डा गङ्गालाल तुलाधरले उनलाई सम्मान गरेका थिए। विद्यालयको १४औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा रिसालले उपलब्ध गराएका चार रोपनी जमीनमा निर्माण गरिएको आनन्द भवनको उद्घाटनसमेत गरिएको छ ।

https://www.youtube.com/@lalitkhabar

उक्त कार्यक्रममा पूर्वशिक्षामन्त्री डा तुलाधरले देशलाई समृद्ध बनाउन वर्तमान सरकारले निजी क्षेत्रको शिक्षाको विकासलाई प्राथमिकतामा राखेको बताउए । विद्यालय सञ्चालक समितिका अध्यक्ष दीपकराज जोशी र प्रधानाध्यापक सुरेन्द्र कार्कीले विद्यालयको अवस्था र भावी योजनाबारे जानकारी गराएका थिए ।

वाग्मती प्रदेशसभा सदस्य जीवन खड्का, ललितपुर महानगरपालिका–२५ का अध्यक्ष विष्णुकुमार कार्कीलगायत स्थानीय समाजसेवीले विद्यालयको प्राज्ञिक विकासका लागि शुभकमाना दिएका थिए । कार्यक्रममा विद्यार्थीले विभिन्न प्रतिभा प्रदर्शन गरेका थिए ।हाल विद्यालयमा ४५० विद्यार्थी अध्ययनरत छन् ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ४ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।