१० फाल्गुन ०७६, काभ्रे । काभ्रेपलाञ्चोक कोनेपाल घरेलु तथा साना उद्योग महासङ्घ शाखाले आगामी फागुन २१ देखि चैत २ गतेसम्म वाग्मती प्रदेशस्तरीय ‘औद्योगिक प्रदर्शनी तथा घरेलु उद्योग महोत्सव २०७६’ आयोजना गर्ने भएको छ । सबै खाले घरेलु वस्तुको प्रदर्शन गर्ने स्थल ‘कोशेली घर’ निर्माणमा सहयोग गर्ने उध्श्यले प्रथम पटक यो महोत्सव आयोजना गरिएको हो ।
त्यस्तैगरी बनेपा नगरपालिका–७ उग्रेश्वर महादेव मन्दिर परिसरमा हुने महोत्सवमा १३ वटा नै जिल्लाका घरेलु उद्योगसँग सम्बन्धित उत्पादित वस्तु प्रदर्शनीमा राखिने महासङ्घका अध्यक्ष सुवासना श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै ७० वटा प्रदर्शनी कक्षमा लप्सी, लालीगुराँस, दुग्ध व्यवसायसँग सम्बन्धित वस्तु ट्राउट माछा, महिला उद्यमीले उत्पादन गरेका वस्तु, ह्याण्डीक्राप्टका सामग्री राखिने छ ।
‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ, उद्योग गरौँ उद्यमी बनौँ उठाउ नेपाललाई’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सव नेपाल सरकार घरेलु तथा साना उद्योग मन्त्रालय, घरेलु तथा साना उद्योग विकास कोषको सहयोगमा हुन लागेको छ ।
उक्त अवसरमा व्यवसाय व्यवसायबीचको अन्तक्र्रिया गर्ने, तथा प्रदेशभित्रका महिला उद्यमीको बृहत् भेला भइ सरकारी निकायबाट प्राप्त अवसर सुविधाको बारेमा जानकारी दिँदै उनीहरुको समस्यासमेत पहिचान गरी त्यसको प्रवद्र्धनका लागि के गर्न सकिन्छ भन्ने विषयमा महिला उद्यमीको अवस्था, समस्या र चुनौतीको विषयमा अन्तक्र्रिया गर्ने महोत्शव आयोजकले जानकारी दिएको छ ।
आयोजक समितिका संयोजकसमेत रहेका श्रेष्ठले भनेका छन्, “सरकारको समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानलाई साकार पार्न आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न उत्पादनमूलक उद्यम व्यवसायको प्रवद्र्धन गरी सहयोग गर्न पनि यो महोत्सवले सहयोग पुग्नेछ ।”
त्यस्तैगरी महोत्सवमा ८० हजारले अवलोकन गर्ने अनुमान गरिएकोे छ । आर्थिक वर्ष २०७५र०७६ को तथ्याङ्क अनुसार काभ्रेपलाञ्चोकमा मात्रै सात हजार ७५४ उद्यमी रहेका छन् ।







प्रतिक्रिया