१ माघ २०८२, बुधबार | Thu Jan 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


छाउपडी अन्त्य गर्न अन्तर्राष्ट्रिय गोष्ठी


११ फाल्गुन २०७६, आइतबार  

0
Shares

११ फाल्गुन ०७६, काठमाडौ । सरकारले सुदूरपश्चिमका केही जिल्लामा व्याप्त छाउपडी प्रथा अन्त्य गर्ने अभियानलाई तीव्रता दिएको छ ।
छाउपडी प्रथा अन्त्य गर्ने अभियानअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आगामी जेठ १३ देखि १५ गतेसम्म ‘अन्तर्राष्ट्रिय मर्यादित महिनावारी कार्यशाला गोष्ठी’ को आयोजनासमेत गर्ने भएको छ ।

त्यस्तैगरी मन्त्रालयले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पार्वत गुरुङले महिनावारीसम्वन्धी भए÷गरेका कामलाई परिवर्तन गर्ने उद्देश्यले विभिन्न २० देशका अनुसन्धानकर्मी, अभियानकर्मी, सरकारका प्रतिनिधि र नीति निर्माताको सहभागिता रहने जानकारी दिनुभयो ।

दोस्रो राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आयोजित गोष्ठीको मूल नारा ‘महिनावारीका कुरा, मर्यादा केन्द्रित भए मात्र हुन्छ पूरा’ भन्ने रहेको छ । गोष्ठीमा महिनावारीका विभिन्न पक्ष भान्सादेखि संसद्सम्म महिनावारी निषेधको अन्त्य यौनिक र प्रजजन स्वास्थ्य अधिकार, धार्मिक मान्यता, सरसफाई र छाउपडीसम्बन्धी ऐन÷कानून र नीतिका बारेमा छलफल गरिने भएको छ ।

सोही अवसरमा मन्त्री गुरुङले लैङ्गिक समानताका लागि महिनावारीलाई मानव अधिकारको दृष्टिबाट हेर्नुपर्नेमा जोड दिनुभयो । सबै प्रकारका विभेद अन्त्य गर्दै सभ्य समाज निर्माण गर्ने सरकारको योजनाअनुसार नै मन्त्रालयले छाउपडी अन्त्यको अभियानलाई तीव्रता दिएको मन्त्री गुरुङको भनाइ रहेको छ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ३ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।