१ माघ २०८२, बुधबार | Thu Jan 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बुढी महिलालाई बलात्कार गरेको आरोपमा मुद्दा


११ फाल्गुन २०७६, आइतबार  

0
Shares

११ फागुन ०७६, उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिकामा वृद्धालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कटारीले दुई जनालाई पक्राउ गरी अनुसन्धानपछि आज म्याद थप गरेर मुद्दा चलाएको छ । बलात्कार गरेको कसुरमा पक्राउ गरेर मुद्दा दर्ता गरिएकामा कटारी नगरपालिका–३ का ४० वर्षीय वंश सदा र अर्का २३ वर्षीय मनोज सदा रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमख प्रेमसागर केसीले बताउनुभयो । शुक्रबार दुवै जनाले जङ्गल नजिकै महिलालाई घर फर्कंदै गरेको अवस्थामा भेटेपछि पक्रेर बलात्कार गरेको पीडित परिवारलाई उद्धृत गर्दै प्रहरीले बताएको छ । घटना लगत्तै पीडितका परिवारले प्रहरीमा जाहेरी दिएपछि शनिबार दुवैलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको र आज म्याद थप गरेर बलात्कारसम्बन्धी मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख केसीले बताउनुभयो । महिलाको कटारी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगर रिफर गरिएको पनि प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ७ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।