१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


कलंकीमा भयानक दुर्घटना ः १ को मृत्यु नौं गाडी क्षतिगस्त


१२ फाल्गुन २०७६, सोमबार  

0
Shares


१२ फागुन ०७६, कलंकी । थानकोटबाट कलंकीतर्फ आइरहेको एक ट्रक दुर्घटनामा पर्दा चितवनका शम्सेर गुरुङ्गको मृत्यु भएको छ । दुर्घटनाका क्रममा ९ वटा गाडीमा क्षति पुगेको छ ।मोटरसाइकल र गाडीहरुलाई ठक्कर दिएको थियो । महानगरिय प्रहरी बृत्त कालीमाटीका डिएसपी रुगम कुँवरले जानकारी दिए अनुसार आइरहेको मालवाहक ट्रकको ब्रेक फेल हुँदा ३ मोटरसाइकल, १ स्कुटर, २ मिनीट्रक १ स्कोर्पियो, १ ट्याक्सी र १ सरकारी गाडीलाई ठक्कर दिएको हो ।
दुर्घटनामा चार जना घाइतेको विर अस्पतालको ट्रमा सेन्टर उपचार भइरहेको छ ।
सर्लाही घर भएका ट्रक चालक वीरेन्दुकुमार साहलाई नियन्त्रणमा लिइएको डिएसपी कुँवरले जानकारी दिए। ट्रक पनि नियन्त्रणमा लिइएको र थप छानविन भइरहेको उनले बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ९ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।