५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘पारी बुटोल’को टिजरमा यथार्थपरक सुगन्ध



काठमाडौं

धेरै चलचित्रहरु हलमा हेर्दा आँखामा बिझउछन् । विशेष गरेर द्वन्द्वको दृश्यहरुमा यतार्थपरक स्वाद पस्कन निर्देशकहरुलाई कठिनाई परिरहेको हुन्छ ।

भर्खरै सार्वजनिक चलचित्र ‘ पारी बुटोल ’को टिजरमा यथार्थपरक सुगन्ध भेटिन्छ ।
चलचित्रलाई तथ्यको नजिक ल्याउन गणेश देव पाण्डेले विषेश मेहनत गरेको बुझिएको छ । चलचित्रलाई यतार्थपरक ढंगले प्रस्तुत गर्न उनले यहाँका स्थानमा छायाँकन गर्नुका साथै त्यहाँको वास्तविक वातावरणलाई समेटेको अनुभव हुन्छ । चलचित्र बुटवलका वास्तविक मानिसहरुले भोगिरहेको जीवनमा आधारित रहेको बताइएको छ ।

चलचित्रलाई यतार्थपरक देखाउन र विश्वास योग्य बनाउन निर्देशक पाण्डेले करिव एक हजार जनाको भीडबाट अडिसन लिएर पात्र चयन गर्दै कलाकार छनौट गरेका थिए । ती कलाकारहरुलाई लामो समयसम्म कार्यशाला र एक्सनका लागि वर्कशप गराइएको थियो ।
चलचित्रलाई ग्याङ्स्टर जनरामा ढालेर निर्माण गरिएको छ ।

चलचित्रमा अनुप बराल, दिया मास्के, कामेश्वर चौरासिया, दिव्य देव, सुवर्ण थापा, निरिक्षा घतानी, तुफान थापा, अविरल प्रताप अधिकारी, किरण श्रेष्ठ, सुयोग तिमल्सिना, सुशील सिटौला, विक्रम श्रेष्ठ लगायत कलाकारहरुको अभिनय रहेको छ ।

 

ल्याक्सी श्रेष्ठले निर्माण गरेको यस चलचित्रमा मनीषा अधिकारी सह–निर्माता छन्। चलचित्रमा एनबी महर्जनको एक्सन, लोकेश बज्राचार्यको सम्पादन, मनिता सुन्दासको कला निर्देशन र रोहित बरालको लोकेसन साउन्ड छ । पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनको रहेको छ

 

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ९ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।