३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


पेट्रोलियम पदार्थमा कर नलगाउन नेविसङ्घको आग्रह


१६ फाल्गुन २०७६, शुक्रबार  

0
Shares


१६ फागुन ०७६, काठमाडौं । नेपाल विद्यार्थी सङ्घले इन्धनमा कर लगाइँदा अप्रत्यक्षरूपमा मूल्यवृद्धि हुने भन्दै तत्काल पेट्रोलियम पदार्थमाथि लगाइएको कर फिर्ता लिन सरकारसँग आग्रह गरेको छ । करले इन्धनको मूल्यवृद्धि भई सबै उपभोग्य सामानको बजार भाउ बढ्ने जिकिर गर्दै सङ्घले कर फिर्ता गर्न आग्रह गरेको हो ।
पूर्वाधार करका रूपमा यसअघि उठाइँदै आइएको रकम सदुपयोग नभएको भन्दै नेविसङ्घले फेरि कर बढाइनु गम्भीर भएको जनाएको छ । नेविसङ्घले आयातित पाठ्यपुस्तकमा लगाइएको करसमेत फिर्ता लिन सरकारसँग माग गरेको छ । यस्तै बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणलगायत आर्थिक अनियमितामा संलग्नमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ ।
नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाद्वारा आज जारी विज्ञप्तिमा तत्काल स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको नयाँ मिति तोक्न पनि आग्रह गरिएको छ । यही फागुन १४ गते स्ववियू निर्वाचन गर्ने कार्यतालिका भए पनि त्रिभुवन विश्वविद्यालयले अन्तिम अवस्थामा विशेष कारण जनाउँदै निर्वाचन स्थगन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ९ : ०४ बजे