२८ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विवाहमा सुन किन्ने रकमबाट अक्षयकोष स्थापना


१८ फाल्गुन २०७६, आइतबार  

0
Shares

१८ फाल्गुुन ०७६,गलकोट। यहाँका एक नवजोडीले विवाहको रकम जोगाइ विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

त्यस्तैगरी जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवाका तारा शर्मा र काठेखोला गाउँपालिका–७ रेशका तीर्थप्रसाद गौतमले काठेखोला गाउँपालिका–७ रेशस्थित रेश नुन्थला माध्यमिक बिद्यालयमा रु एक लाख ११ हजार १११ को अक्षयकोष स्थापना गरेकाछन् ।
विवाहमा सुन किन्दा लाग्ने खर्च कटाइ पिता चन्द्रप्रसाद गौतमको स्मृतिमा अक्षयकोष स्थापना गरेको सोही विद्यालयमा पूर्वशिक्षकसमेत रहेका गौतमले जानकारी दिए । शर्मा युवासङ्घको नेतृ हुन । “हामीले राम्रो कामको शुरुआत आफैँबाट गर्नुपर्छ”, शर्माले भने, “भड्किलो विवाहको अन्त्यका लागि समाजमा सकरात्मक सन्देश दिन खोजेका हौ।”

https://www.youtube.com/@lalitkhabar

त्यस विद्यालयको ६४औँ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा कोषबाट वार्षिक छात्रवृत्ति प्रदान गरिनेछ । कक्षा ११ , माध्यामिक शिक्षा परीक्षा ९एसइई० का परीक्षामा सर्वोत्कृष्ट जीपीए हासिल गर्ने तथा मावि तह, आधारभूत, प्राथमिक र पूर्वप्राथमिक तहका गरिब, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । यसका साथै वर्ष शिक्षकसमेत छनोट गरेर पुरस्कृत गरिनेछ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  १२ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।