११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेपाल–भारत समन्वय समितिको बैठक बुधबार


२० फाल्गुन २०७६, मंगलबार  

0
Shares


२० फागुनत ०७६, बैतडी । नेपाल–भारतको जिल्लास्तरीय समन्वय समितिको बैठक भोलि बुधबार बैतडीमा बस्ने भएको छ । भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुला तथा भारतको उत्तराखण्डको पिथौरागढको संयुक्त बैठक बस्न लागेको हो ।
बैठकमा भारतको पिथौरागढ जिल्लाका डिस्टिक म्याजिस्टेट डिएम) डाक्टर विजयकुमार जोगदण्डे, बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल, दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको सहभागिता रहने जनाइएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीमा सञ्चालन हुने बैठकमा पिथौरागढ, बैतडी र दाुर्चलामा सुरक्षा निकायका प्रमुखहरुको पनि सहभागिता रहने भएको छ ।
बैठकमा दुईपक्षीय÷बहुपक्षीयका विभिन्न २१ बुँदामा छलफल हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । सीमामा नागरिकलाई हुने समस्या, भारतीय पेन्सनधारीलाई भएको समस्या, शान्ति सुरक्षा, मानव बेचबिखन, अवैध हातहतियार, वन्यजन्तु ओखटोपहार कारोवार, दुवै देशलाई असर पु¥याउने बाढीपहिरो नियन्त्रण, शरणार्थी, अवैध उत्खनन्, अवैध मुद्रा नियन्त्रण, कोरोना भाइरसलगायतका विषयमा छलफल हुने जनाइएको छ । दुई देशको जिल्लास्तरीय समन्वय समितिको बैठक बैतडीमा पहिलोपटक बस्न लागेको हो ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  १२ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।