१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काभ्रेको चौंरीदेउरालीमा बस दुर्घटना हुँदा ४४ जना घाइते


२१ फाल्गुन २०७६, बुधबार  

0
Shares

२१ फाल्गुन ०७६, काभ्रे । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका–५ ढाँटखर्कमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ४४ जना घाइते भएका छन् ।

रामेछाप जिल्लाको गुराँसेबाट काठमाडौँतर्फ आउँदै गरेको बा४ख ७१०२ नंको बस पछाडि सार्ने क्रममा सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कात्तिकेदेउरालीका प्रहरी निरीक्षक पवनकुमार झाले जानकारी दिएको छ । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको छ।

त्यस्तैगरी घाइतेहरु सबैको उपचारका लागि धुलिखेल अस्पताल पठाइसकेको प्रहरीले जनाएको छ । “घाइतेहरुको नाम र ठेगाना खुलेको छैन, हामीले उपचारका लागि पहिलो प्राथमिकतामा राखेर उद्धारपश्चात् अस्पतालतर्फ पठाएका छौँ”, प्रहरी निरीक्षक झाले भन्नुभयो । गाडीको चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।