१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गोरुसिङ्गे–सन्धिखर्क सडक दैनिक नौ घण्टा बन्द हुने


२१ फाल्गुन २०७६, बुधबार  

0
Shares

२१ फाल्गुन ०७६,अर्घाखाँची । अर्घाखाँचीलाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने मुख्य सडक गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड आजदेखि दैनिक नौ घण्टा बन्द हुने भएको छ ।

सडक स्तरोन्नति गर्न सन्धिखर्कको घुम्तीदेखि भुवनपाटासम्मको आठ किमी सडक दैनिक नौ घण्टा बन्द हुने भएको हो । जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा बसेको सर्वपक्षीय बैठकले साँघुरा घुम्ती र सडकको चापलाई ध्यानमा राख्दै बाटो स्तरोन्नति गर्न लागिएको सडक बिहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुका ६ बजेसम्म बन्द गरिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिनुभयो ।

त्यस्तैगरी अत्यधिक घुम्ती र साँघुरो सडकका कारण यो क्षेत्र ‘डेन्जर जोन’ का रुपमा परिचित छ । दोहोरो यातायात आवतजावत गर्ने गरी निर्माण कार्य अगाडि बढाइएको यो सडकखण्डको मध्यभागदेखि १५–१५ मिटर छोडेर घर बनाउन सडक डिभिजन शिवपुर कपिलवस्तुले अनुरोध गरेको छ ।

वैकल्पिक मार्गका रुपमा सन्धिखर्क–सालझण्डी सडक, घुम्ती–तानसेन सडक र धनचौर–अमराई सडकको प्रयोग गर्न सकिने पनि बैठकले निर्णय गरेकोे छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ५ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।