१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कोरोना सचेतना ः विद्युतीय हाजिर नगर्न अनुरोध


२ चैत्र २०७६, आइतबार  

0
Shares


२ चैत्र ०७६,झापा । कोभिड–१९ सङ्क्रमणको त्रासका कारण झापाका दुई स्थानीय तहले आजदेखि विद्युतीय हाजिर नगर्न सूचना जारी गर्दै कर्मचारीलाई अनुरोध गरेका छन् । मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाले सूचना नै जारी गरेर कोराना भाइरसको सङ्क्रमणलाई दृष्टिगत गरेर नगरपालिका मातहतका सम्पूर्ण कार्यालयका कर्मचारीलाई विद्युतीय हाजिर नगर्न अनुरोध गरेका हुन् ।

भद्रपुरका प्रमुख प्रशासकीय अधिकृत तुलसी श्रेष्ठले धेरै जनाको हातले ई–हाजिरमा थिच्दासमेत सङ्क्रमणको त्रास हुने हुँदा त्यस्तो अनुरोध गरेको बताउनुभयो । उहाँले विगतमा झैँ रजिस्टरमै अर्को सूचना जारी नभएसम्म हाजिर गराउन सबैलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ७ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।