१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौँको कपनबाट डेढ लाख मास्क बरामद, सात जना पक्राउ


२ चैत्र २०७६, आइतबार  

0
Shares

फाइल तस्विर

२ चैत्र ०७६, कपन काठमाडौं । काठमाडौँको कपनबाट आज प्रहरीले ठूलो परिमाणमा मास्क बरामद गरेको छ । लुकाएर राखिएको अवस्थामा एक लाख ६८ हजार मास्क बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । कोरोना भाइरस ९कोभिड(१९० को सङ्क्रमणको जोखिम भएका बेला यसरी प्रहरीले मास्क बरामद गरेको हो । कालोबजारी गरेको आरोपमा मास्कसहित सात जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुले सञ्चालन गरेको अर्को सतुङ्गलको गोदाममा पनि ठूलो परिमाणमा मास्क रहेकाले आज सिल गरेर राखिएको र सोमबार पुनः कारवाही चलाइने छ र यसअघि शनिबार प्रहरीले काठमाडौँको डल्लुबाट ७८ हजार मास्क बरामद गरी आठ जनालाई पक्राउ गरेको थियो । उनीहरुले पाँच रुपैयाँ पर्नै मास्कलाई ३० देखि ४० रुपैयाँमा बिक्री गर्ने गरेको सूचना पाएपछि प्रहरीले काठमाडौँमा खोजी अभियान जारी राखेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  १० : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।