२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सुन्धारास्थित जङ्गी अड्डामा पृतना सम्मेलन शुरु


५ असार २०७७, शुक्रबार  

0
Shares


५ असार ०७७, काठमाडौं । मुलुकको सुरक्षा अवस्था र कोभिड–१९ बाट उत्पन्न परिस्थितिसहित समसामयिक विषयमा छलफल गरी भाबी रणनीति तय गर्ने उद्देश्यले सैनिक मुख्यालय जङ्गीअड्डामा आजदेखि पृतनापति सम्मेलन शुरु भएको छ ।
उक्त सम्मेलनमा उपत्यका बाहिरका सात र उपत्यका पृतनाले आ–आफ्नो कार्यक्षेत्रको शान्ति सुरक्षा र चुनौतीलगायतका विषयमा पृतनापतिबाट विश्लेषणात्मक प्रस्तुती हुनेछ । सम्मेलनमा खासगरी राष्ट्रिय सुरक्षा अवस्था, कोभिड–१९ को जिम्मेवारीको समीक्षाका साथै सहजीकार्यमा देखिएका कठिनाइ, संविधानले दिएको जिम्मेवारी बहन गर्दा लाग्ने गरेका लञ्छना र नेत्रविक्रम चन्द समूहका क्रियाकलापलगायतका विषयमा केन्द्रित रहेर छलफल भइरहेको प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनुभयो ।
सम्मेलनमा पृतनाका अतिरिक्त महानिर्देशनालय र विभागका तर्फबाट समेत कार्य जिम्मेवारी र भाबी योजनाबारे प्रस्तुती हुनेछ । सेनाको पृतनाको नेतृत्व उपरथी तहबाट हुँदैआएको छ ।
मुलुकको प्रमुख सुरक्षा अङ्गका रुपमा रहेको सेनाले कोभिड–१९ को जोखिम, नियन्त्रण र प्रतिकार्यमा प्रमुख जिम्मेवारीका साथ काम गर्दै आएको छ । सेनाले प्रत्येक छ÷छ महिनामा पृतना सम्मेलन गर्दैआएको छ । यो सम्मेलन आइतबार सकिनेछ ।
सेनाको व्यवस्थापनमा विदेशबाट औषधिलगायतका सामग्री खरिद गरिनुका साथै क्वारेन्टिन व्यवस्थापन र स्वदेश फर्केका नागरिकलाई जिल्ला सदरमुकामसम्म पु¥याउने कार्य भइरहेको छ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ९ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।