२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पहिरोले मुग्लिन–आँबुखैरेनी सडक अवरुद्ध


९ असार २०७७, मंगलबार  

0
Shares

फाइल तस्विर

९ असार ०७७,काठमाडौं । सुक्खा पहिरोका कारण पृथ्वीराजमार्गको मुग्लिन–आँबुखैरेनीअन्र्तगत पर्ने राजमार्ग अवरुद्ध भएको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहरा नजिकै सोमबार राति पहिरो जाँदा उक्त राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध बनेपछि सयौँ सवारी साधन रोकिन पुगेका छन् ।
केही दिनयता परेको अविरल वर्षाले जमीन गलेका कारण माथिबाट डाँडो झरेपछि राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । डोजर प्रयोग गरेर पहिरो हटाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । राजमार्गमा झरेको पहिरो हटाउन समय लाग्ने देखिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  १० : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।