२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेपालमै नयाँ विधिबाट कारोनाको उपचार हुने


३१ असार २०७७, बुधबार  

0
Shares

कोरोनाका बिरामीलाई निको भएकाको ‘प्लाज्मा’ दिने तयारी

३१ असार ०७७, काठमाडौं । सरकारले कोरोना सङ्क्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीलाई सङ्क्रमण मुक्त भएका व्यक्तिको ‘कन्भालेसेन्ट प्लाज्मा’ दिएर उपचार गर्ने तयारी गरेको छ । यसका लागि नेपाल सरकार मातहतको स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना निको भएका व्यक्तिलाई प्लाज्मा दानका लागि सम्पर्क गर्न अनुरोध गरेको छ ।
परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले कोरोना निको भएर डिस्चार्ज भएका व्यक्तिको शरीरमा बनेको ‘एन्टीबडी’ झिकेर कोरोनाका गम्भीर बिरामीलाई दिने तयारी गएिको जानकारी दिए । “कोरोनाबाट अन्तिम अवस्थामा पुगेका बिरामीलाई निको भएका बिरामीबाट ‘कान्भालेसेन्ट प्लाज्मा’ झिकेर दिँदा गम्भीर बिरामीलाई बचाउन सकिने अन्तर्राष्ट्रिय अध्ययन अनुसन्धानबाट पुष्टि भएको छ”, उनले भने, “त्यहीअनुसार नेपालमा पनि हामीले गम्भीर प्रकारका बिरामीलाई बचाउन सकिन्छ कि भनेर सरकारसँग स्वीकृति लिएर आह्वान गरेका हौँ ।”
कोरोना मुक्त भएर डिस्चार्ज भएका इच्छुक व्यक्तिलाई प्लाज्मा दानका लागि आह्वान गरिएको उनेले जानकारी दिए । रक्तदान गरे जसरी नै प्लाज्मा दान गर्न सकिने उनको भनाइ छ । त्यसका कोरोनाका गम्भीर प्रकृतिका बिरामी उपचाररत अस्पतालसँग समन्वय गरिसकेको प्रमुख अनुसन्धान अधिकृत धिमालले बताए ।
मुलुकभरका करीब १५÷१६ वटा सुविधा सम्पन्न (कोभिड डेडिकेटेड) अस्पतालसँग मिलेर त्यस्ता बिरामीको उपचार गर्ने तयारी थालिएको उनको भनाइ छ । “सामान्य तथा लक्षण नदेखिएका बिरामीलाई होइन”, उनले भने, “जो अति गम्भीर अवस्थामा आइसियू र भेन्टिलेटरमा उपचाररत हुनुहुन्छ, उहाँहरुलाई प्लाज्मा दिएर उपचार गर्न लागिएको हो ।”
कोरोना भाइरसलाई जितेर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट गत वैशाखमा डिस्चार्ज हुनुभएकी प्रसिद्धि श्रेष्ठले गम्भीर अवस्थामा पुगेको कोरोना सङ्क्रमितको उपचारका लागि आफू प्लाज्मा दिन तयार रहेको बताएकी थियो । अमेरिकालगायत विभिन्न मुलुकमा गम्भीर प्रकृतिका कोरोना सङ्क्रमितलाई सङ्क्रमण मुक्त भइसकेका व्यक्तिको प्जाज्मा दिएर उपचार गरिएको छ ।

 

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ७ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।