
५ साउन ०७७, कैलाली । कैलालीस्थित गोदावरी नगरपालिका–८ गोलादेवी आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका सोही वडाका ४५ वर्षीया शेरबहादुर आउजी मृत फेला परेका छन् ।
कैलालीमा क्वारेन्टिनबाट भागेका आउजी आज मृत फेला परेका हुन् । कबुलियत सामुदायिक वनमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।
उनी गतसाउन १ गते भारतबाट फर्किएका थिए ।
मृत फेला परेका आउजी आज बिहान मात्रै क्वारेन्टिनबाट भागेको प्रहरी नायब उपरीक्षक विष्टले बताएका छन् । प्रहरीले घटनास्थलमा पुगेर थप अनुसन्धान भइरहेको बताइएको छ ।
५ श्रावण २०७७, सोमबार
0
Shares







प्रतिक्रिया